सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रहरी जवान दवाडीलाई हिरासतमा लिई अनुसन्धान शुरु

प्रहरी जवान दवाडीलाई हिरासतमा लिई अनुसन्धान शुरु

प्रहरी भन्छ– दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्तर्गत मुद्धा दायर गर्ने तयारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७७, शुक्रबार

बागलुङ, १९ बैशाख– बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ बर्षिया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ । तनहुँको व्यास नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए ।
मृतक किसानले लेखेको सुसाइटनोट र परिवारले दिएको जाहेरीका आधारमा दवाडीलाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको हो । जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ । छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खडक बहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका थिए ।
सार्कीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि दवाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्तर्गत मुद्धा दायर गर्ने तयारी भएको प्रनि केसीले बताए ।
गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुस्साहन मुद्धामा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
किसान मंगलबार बिहान आँफु बस्दै आएको कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । आत्महत्या गरेकी सम्झनाको कोठामा सुसाइटनोट फेला परेको थियोे । जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरि लेखिएको सुसाइटनोटमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफुले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।
आत्महत्या गर्नुपुर्व सम्झनाले प्रहरी प्रमुखलाई सम्बोधन गरी लेखेको नोटमा दोषीमाथि आवश्यक छानवीन गरी कार्वाही गर्न अनुरोध गरिएको छ । २०७५ भदौ ५ गतेदेखि प्रहरी जवान दवाडीसंग चिनजान भई मायामा फस्दा बिचल्ली भई आत्महत्याको बाटो रोज्नु परेको सुसाइटनोटमा उल्लेख छ ।
दवाडीबिरुद्ध मुद्धा दर्ता भएर म्याद थप भएपछि परिवारले मृतक किसानको शवलाई शुक्रबार दाहसंस्कार गरेका छन् । प्रहरीले उनीहरुको सम्बन्ध, मोबाइलमा भएका पछिल्ला संवाद लगायतका बिषयमा अनुसन्धान थालेको छ । कानुन अनुसार, दोषी ठहर हुने अवस्था आए अदालतले उनकालाई कारवाही तोक्ने र सोही अनुसार हुने केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->