सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जब उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले मजदुर सम्झिए…

जब उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले मजदुर सम्झिए…

४५ हजार रुपैयाँ खर्च गरेर सहदेव राजभण्डारीले माझी परिवारलाई खाद्यान्न दिए र मजदुर दिवसको शुभकामना बाँडे ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७७, शुक्रबार

बागलुङ, १९ बैशाख– कोरोना भाईरसको असर संसारभरि छ । महामारीका कारण सबैखाले मानिसहरु प्रभावित छन् । महामारीको त्रास र नियन्त्रणका लागि भैरको बन्दाबन्दीका कारण प्रभावित हुनेको संख्या धेरै छ । यसकै कारण अन्तराष्ट्रिय श्रमिक दिवसमा पनि प¥यो । श्रमिकहरुको ठुलो पर्वमा पनि नत श्रमिकका दुखेसो गुनासो सुन्ने कार्यक्रम भए नत राहत र सहयोगको काम ।
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार यसको असर श्रम तथा श्रमीककोे क्षेत्रमा व्यापक देखिन्छ । उसका अनुसार विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसिएको छ । आईएलओले सार्वजनिक गरेको नयाँ तथ्यअनुसार महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् । महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । त्यहीँ अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको समस्या धेरै छन् ।
शुक्रबार अन्तरराष्ट्रिय मजदुर दिवसमा पनि समस्याका पोका फुक्न पाएनन् । बिगतका बर्षहरुमा संसारभर भव्य कार्यक्रम हुन्थे । मजदुरको नाम जोडेर भाषण गर्नेदेखि बिभिन्न कार्यक्रमहरु गर्नेको ठुलो जमात हुन्थ्यो तर यो बर्ष कसैले पनि औपचारिक कार्यक्रम गर्न पाएनन् । कोरोना त्रासका कारण नेपालमा पनि कुनै संगठन वा सरकारले कुनै कार्यक्रम गरेनन् । लकडाउनका कारण काम छोडेर घरमा बसेका मजदुरदेखि घर बाहिर रहेका सबैको समस्या हो दैनिकी कसरी चलाउने । विगतका बर्षहरुमा मजदुर दिवसकै दिनमा भएपनि भेट्न आउने नता तथा सरकारका प्रमुखहरु यस बर्ष मजदुरका स्मृतिमा मात्रै देखापरे किनकी कार्यस्थलमा मजदुर छैनन् र घरघरमा पुगेर भेट्ने परिस्थिती पनि छैन् ।
मजदुरीसँग जोडिने ठाउँ हो बागलुङ नगरपालिका–१ माझी बस्ती । जहाँ नदी किनारमा माछा मार्नेदेखि ढुंगा उठाउने, सवारी चलाउने र अन्य मजदुरी गर्नेहरुको ठुलो बसोबास छ । माझी बस्तीका १७ परिवारका अधिकांश सदस्य यो बेला घरमै छन् । उनीहरुको काम रोकिएको छ । उनीहरुसँगै बाहिरबाट मजदुरीका लागि आएका ४ परिवार पनि यही टोलमा बस्छन् । उनीहरुको अवस्था पनि उस्तै छ ।
काम रोकिएर चुलो नबलेको गुनासो उनीहरुले सार्वजनिक स्थानदेखि सञ्चार माध्याममा पनि गरिरहेकै थिए । स्थानीय सरकारले दिएको पाँच किलो चामलसँगैंका सर्जाम सकिएपछि समस्या थियो । मजदुर दिवसको अवसर पारेर सामाजिक दुरी कायम गरेरै पनि मजदुरका समस्या सम्बोधन गर्न सकिन्छ भन्दै बागलुङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी सहदेव राजभण्डारी शुक्रबार त्यो बस्तीमा पुगे अनि माझी परिवारलाई पालैपालो खाद्य सामग्री बाँडे ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, वडा सदस्य सुर्य लामिछाने लगायतका उपस्थित सरोकारवालाले उनले दिएका चामल, नुन र तेल माझी परिवारका हात–हातमै थमाए । मजदुर दिवसको अवसर पारेर आफ्ना बाबुआमाको स्मृतिमा स्थापना गरिएको टिकाबहादुर बिद्यालक्ष्मी स्मृति कोषबाट झण्डै ४५ हजार रुपैयाँ खर्च गरेर राजभण्डारीले माझी परिवारलाई खाद्यान्न दिए र मजदुर दिवसको शुभकामना बाँडे ।
‘बन्द भएपछि आएको राहतको चामल सकिएको थियो, काम छैन कसरी खाने भन्ने लागेको थियो’ कालीगण्डकीको किनारमा गिट्टी कुटेर गुजारा चलाउने मंगली माझीले भनिन् ‘थैलाभरी चामल पाएपछि ढुक्क भयो ।’ २१ परिवारका लागि राजभण्डारीले प्रतिपरिवार २५ किलो चामल, तीन पोका नुन र तीन पोका तेल बाँडेका थिए । उनले मजदुर दिवसका दिन लकडाउनका कारण प्रभावित परिवारलाई राहत स्वरुप चामल खाद्यन्न बाँडेको बताए ।
उता, बागल्ुङ नगर खानेपानीको काठेखोला किनार कैलाम पोखरीमा चलिरहेको कामका लागि आएर अलपत्र बसेका मजदुरलाई उद्योग बाणिज्य संघ बागलुङले सम्झियो । काम रोकेर बसेका उनीहरुलाई २५ किलो चामल, ५ किलो दाल, ५ लिटर तेल, २ किलो नुन र ५ किलो दालमोठ वितरण ग¥यो । यो बाहेक बागलुङमा अफ्ठेरोमा परेका वा रोजीरोटी गुमाएका कारण भोकसँग लड्दै गरेका मजदुरका हितमा कुनै कार्यक्रम भएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->