सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढीले नहर बगाउँदा ११ सय घरपरिवार अन्धकारमा

बाढीले नहर बगाउँदा ११ सय घरपरिवार अन्धकारमा

बाढीले थप क्षति नगरे एक महिना समय लगाएर मात्रै नहर मर्मत गर्न सकिने आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसे बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७७, शनिबार

फाइल तस्बिर
बागलुङ, २० बैशाख– लघुजलविद्युत आयोजनाको नहर भत्किँदा बागलुङको निसीखोला गाउँपालिकाका १ हजार १ सय ५० घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ । शुक्रबार निसीखोलामा बर्षासँगै आएको बाढीले निसीखोला गाउँपालिका–४ मा रहेको निसीखोला दोस्रो लघुजलविद्युत आयोजनाको नहर भत्काएको हो । खोलामा रहेको बाँधसँगै नहरको केही भागसमेत खोलाले बगाएको छ । विद्युत अवरुद्ध भएपछि यस क्षेत्रमा संचालनमा आएका फर्निचर उद्योग, कुखुरापालक किसान तथा उद्योगि व्यवसायी मर्कामा परेका छन् ।
मोबाईल फोन चार्ज गर्ने विद्युतसमेत नभएकाले स्थानीय संचार सेवाबाट समेत बन्चित भएको गाउँपालिकाले जनाएको छ । आयोजनाको बाँध नजिकैको २५ मिटर नहर भत्किएको र भिरालो ठाउँ रहेकाले मर्मतका लागि समय लाग्ने आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले बताए । बाढीले थप क्षति नपु¥याए एक महिना समय लगाएर मात्रै नहर मर्मत गर्न सकिने उनले बताए ।
यो क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत आयोजनाहरु हरेक बर्ष बर्षाको समयमा प्रभावित हुने गरेका छन् । निसीखोला गाउँपालिकाका अधिकांश गाउँहरुमा लघुजलविद्युत आयोजनामार्फत विद्युतिकरण गरिएको छ । स्थानीय विद्युतलाई नै प्राथमिकतामा राखेर सबै घरमा बिजुली पु¥याउने काम भैरहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेल बताउँछन् । कम खर्चमा स्थानीयकै सक्रियतामा निर्माण भएका साना आयोजनाले हरेक बर्ष समस्या भोग्दै आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->