बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रेस युनियन कास्कीका पुरस्कार संस्थापक बरालको निधन

प्रेस युनियन कास्कीका पुरस्कार संस्थापक बरालको निधन


  • Dhorpatan News
  • बैशाख २१ २०७७, आइतबार

पोखरा, २१ बैशाख– नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा–११ तुलसीमार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र सात छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र भोला बराल छोरा हुन् । समाजसेवी, धार्मिक व्यक्तित्व भोला बरालको पहलमा शान्ति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
स्व. बरालको पार्थिव शरीर आइतबार नै रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको थियो । शवयात्रामा शुभेच्छुक, परिवारजन र आफन्त सहभागी थिए । कास्की कांग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र निवर्तमान अध्यक्ष शिरोमणि बराललगायतले श्रद्वाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->