बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

बिरामीमध्ये घरमुली कृष्णबहादुर र धनलाल भुजेलको अवस्था गम्भिर


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७७, सोमबार

पोखरा, २२ बैशाख– जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका ५ जना सदस्य बिरामी भएका छन् । प्रहरीका अनुसार, च्याउ खाएर बिरामी हुनेमा तनहुँको देवघाट गाउँपालिका–५ साउनेका परिवार रहेका छन् । बिरामी हुनेमा साउनेका ४२ वर्षिय कृष्णबहादुर भुजेल, उनका छोरा १५ वर्षिय धनलाल भुजेल, श्रीमती ४० वर्षिया गौरीमाया भुजेल, १७ वर्षिय छोरा मीनबहादुर भुजेल, २१ वर्षिया छोरा तीर्थ बहादुर भुजेल रहेको प्रहरीले जनाएको छ । बिरामीमध्ये घरमुली कृष्णबहादुर र धनलाल भुजेलको अवस्था गम्भिर रहेको प्रहरीले खुलाएको छ । घाइते पाँचै जनालाई उपचारको लागि भरतपुर चितवनमा लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->