नयाँदिल्ली, २३ वैशाख – दिल्ली सरकारले मदिरा खरिदमा विशेष कोरोना शुल्क लगाउने निर्णय गरेको छ । दिल्ली सरकारले मंगलबारबाट लागु हुनेगरी मदिरा खरिदमा विशेष कोरोना शुल्क लगाउने निर्णय गरेको हो । मदिरा पसलहरुमा आउने ग्राहकहरुले सामाजिक दूरी कायम नगरेको पाइएपछि दिल्लीमा मदिरामा विशेष कोरोना शुल्क लगाइएको बीबीसीले जनाएको छ । केन्द्र सरकारले सोमबारदेखि मदिराको खरिद बिक्रीको अनुमति दिएपछि मदिरा पसलहरुमा भीड लागेको थियो ।
दिल्ली कोरोना संक्रमणको उच्च जोखिममा रहेका कारण स्थानीय सरकारले संक्रमण फैलिन नदिन मदिरामा विशेष कोरोना शुल्क लगाएको बताइएको छ । दिल्ली सरकारका आयुक्त रवि दधिचले जारी गरेको आदेशमा मदिरामा ७० प्रतिशतसम्म विशेष कोरोना शुल्क लगाइएको जनसत्ता दैनिकलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ ।





