शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउनमै जन्मिएको स्याङ्जा सहयोग समाज युकेले गर्यो संकटमा सहयोग

लकडाउनमै जन्मिएको स्याङ्जा सहयोग समाज युकेले गर्यो संकटमा सहयोग


  • हिमलाल पराजुली
  • बैशाख २३ २०७७, मंगलबार

स्याङ्जा, २३ बैशाख, कोरोना भाइरसको महामारीले विश्वनै यतिबेला आक्रान्त बनेको छ । वैदेशिक रोजगारीका साथै अध्ययनको शिलशिलामा विदेशमा रहेका लाखौं नेपालीहरु यतिबेला त्रसित बनेका छन्भने केही कोभिड–१९ को संक्रमणमा परेका छन् ।
सरकारले कोरोनाको संक्रमण फैलन नदिन देशमा लकडाउन घोषणा गरेको छ । यद्यपि कोरोना भइरस संक्रमणका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपनि अहिलेसम्म कसैको मृत्यु भने भएको छैन । उपचार गराइरहेकाहरु निको भएर घर फर्किने क्रम चलिरहेको छ ।
देशमा संकट परेका बेला विदेशमा रहेका नेपालीहरुले पनि विभिन्न माध्यमबाट सक्दो सहयोग गरिरहेका छन् । यसैमध्येको एक हो– लकडाउनकै बीच जन्मिएको स्याङ्जा सहयोग समाज युके । यस संस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाका सबै स्थानीय तहमा पुग्ने गरी १ लाख १ हजार बराबरको ५० थान पिपिई सहयोग गरेको स्याङ्जा सहयोग समाज युकेका अभियान्ता थर्क सेनले जानकारी दिए । ‘युकेमा रहेका नेपालीहरुसंग सहयोग उठाएर हामीले देश संकटमा परेको बेलामा केही रकम जुटाएर सहयोग गरेका हौ । यसले थोरै भए पनि सहयोग पुग्ने छ’ सेनले भने ।
युकेमा रहेका स्याङ्जालीहरुलाई एकै ठाउँमा गोलबन्द गर्दै जिल्लाको लागि सहयोग पुर्याउने उद्देश्यले समाजको गठन गरिएको संस्थाका अध्यक्ष सारदा गुरुङले बताए । गुरुङले भने– ‘हामी विदेशमा भएपनि देशको लागि केही गर्नुपर्छ भनेर यो संस्थाको स्थापना गरेका हौं, समस्यामा परेका जिल्लाबासीलाई सक्दो सहयोग जारी राख्ने छौ ।’
संस्थामार्फत आर्थिक सहयोग मात्रै नभएर आफुहरुले प्रविधिक सिपसमेत सहयोग गर्न चाहेको संस्थाका महासचिव डा. बलराम ढकालले बताए । आर्थिक सहयोग केही समयको लागिमात्रै हुन्छ प्रविधिक सहयोग दिर्घकालीन हुने ढकालले बताए । ढकालले स्थानीय तहसंग मिलेर प्राविधिक विज्ञताको क्षेत्रमा सहयोग गर्न समाज तयार रहेको बताए ।
कोरोना भाइरसको संक्रमणका कारण लकडाउनमा रहे पनि दुःखको बेलामा एकआपसमा मिलेर सहयोग गर्नुपर्छ भन्ने लागेर अनलाइनबाटै छलफल गरेर संस्थाको स्थापना गरेको संस्थाका काेषाध्यक्ष विष्णु थापाले जानकारी दिए । स्याङ्जा सहयोग समाज युकेले पठाएको सहयोग स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->