बागलुङ, २३ बैशाख– सामाजिक संस्था लायन्स क्लव अफ धौलागिरीको अध्यक्षमा जयराम भारी चयन भएका छन् । लायन बर्ष २०२०÷०२१ का लागि भारीले नेतृत्वको जिम्मेबारी पाएका हुन् । धौलागिरि अन्चलकै सबैभन्दा पुरानो लायन्स क्लबको हालै सम्पन्न अधिबेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको लायन्स क्लब अफ धौलागिरि बागलुङका निर्वतमान अध्यक्ष राजन कुमार शाक्यले बताए ।
क्लबको प्रथम उपाध्यक्षमा ताल बहादुर कुँवर, द्वितिय उपाध्यक्षमा मुकेशचन्द्र राजभण्डारी, तृतिय उपाध्यक्षमा गणेश महतो, सचिवमा राजेश भारी, कोषाध्यक्षमा शिव शंकर शाह र सह–कोषाध्यक्षमा केशब सुवेदी चयन भएका छन् । कोरोना भाइरसलाई लक्षित गरि देशमा लकडाउन भएको कारण लायन्सको नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रियासमेत प्रभावित बनेको कारणले ढिलो हुन पुगेको क्लबले जनाएको छ । बागलुङ जिल्लामा सामाजिक सेवाको क्षेत्रमा काम गर्नका लागि अहिले ८ वटा लायन्स क्लब क्रियाशिल छन् ।





