सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

छिमेकी तमानखोलामा ढोनपाका प्रमुख नेपालीले राहत बाँडे

छिमेकी तमानखोलामा ढोनपाका प्रमुख नेपालीले राहत बाँडे

तमानखोलाका २ सय ३० परिवारलाई खाद्यान्न


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७७, मंगलबार

बागलुङ, २३ बैशाख– आफ्नै घर बेचेर भएपनि छ महिना आफ्ना नागरिकलाई भोकै मर्न नदिने घोषणा गरेर चर्चामा आएका जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले छिमेकी गाउँपालिकामा पुगेर राहत वितरण गरेका छन् । लकडाउनका कारण दैनिक खर्च चलाउन नसकेका तमानखोला गाउँपालिकाका मजदुर, विपन्न तथा गरिब परिवारलाई नेपालीले खाद्यान्न सहयोग गरेका हुन् । उनी सहयोगका लागि धर्मपत्नी छेला नेपालीसहित तमानखोला पुगेका थिए ।
नेपालीले तमानखोलाका बिभिन्न वडाका दुई सय ३० परिवारलाई खाद्यान्न बाँडेका हुन् । उनले ढोरपाटन नगरपालिकाका ३ सय परिवारलाई यसअघिनै व्यक्तिगत खर्चमा खाद्यान्न सहयोग गरेका थिए । ‘अन्य समस्यामा मैले आफ्ना नागरिकलाई सहयोग पु¥याउँदै आएको थिएँ’ नेपालीले भन्छन्– ‘भोकै बस्न कसैलाई नपरोस् भनेर सायोगको अभियानमा लागेको छु ।’ नेपालीले तमान पुगेर गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई २ सय ३१ बोरा चामल, २ सय ३० लिटर खाने तेल, २ सय ३० किलो दाल, २ सय ३० किलो नुन र ४ सय ६० प्याकेट नुहाउने साबुन हस्तान्तरण गरेका थिए । गाउँपालिका अध्यक्षमार्फत उपलव्ध गराईएको खाद्यान्न प्रभावित सर्वसाधारणको घरसम्म पु¥याईएको अध्यक्ष जोकलाल बुढाले बताए ।
नेपाली दम्पतिले तत्काल निसीखोला गाउँपालिकामा समेत राहत स्वरुप खाद्यन्न लिएर गाउँपालिकाको कार्यालयमा हस्तान्तरण गर्ने योजना बनाएको छन् । अन्य कुनैपनि स्थानमा खानको समस्या परे आफूलाई सम्पर्क गर्न नेपालीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->