काठमाडौं, २३ बैशाख – सरकारले कोरोना भाइरस (कोभिड-१९) को कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नुपर्ने सुझाव दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए । ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,’ बैठकपछि सचिव बिडारीले भने ।
सचिव विडारीका अनुसार कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्ड अनुसार निरन्तरता दिँदै कोरोना नियन्त्रणमा अहिले भएका सबै प्रयासलाई यथावत राख्दै संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको छ। ‘कृषि क्षेत्रका कामलाई सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने र तिनलाई स्वभाविक ढंगले अगाडि बढाउने’, सचिव बिडारीले भने, ‘संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ भएसम्मका सबै प्रयास जारी राख्ने। हाम्रो मुलुकमा रोग र संक्रमणका कारण मृत्युवरण गर्ने अवस्था नआओस् भन्ने विषयमा समिति गम्भीर छ।’
‘लकडाउनको नीति जे छ त्यही अनुसार अगाडि बढ्छ। यस विषयमा नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट थप निर्णय हुनेछन्’, सचिव विडारीले भने, ‘अहिलेको स्थिति सही छ। यही ढंगले अगाडि बढ्छ। लकडाउन निरन्तर हुन्छ।’ चैत ११ गतेदेखि सुरु भएको लकडाउन वैशाख २५ गते सकिँदै छ । सरकारले फेरि लकडाउन थप गर्ने वा यसको मोडालिटी परिवर्तन गर्ने भन्ने विषयमा लामो समयदेखि छलफल गर्दै आएको थियो ।