शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा बाहिरबाट आएका तीन जनाको स्वाव संकलन

बागलुङमा बाहिरबाट आएका तीन जनाको स्वाव संकलन

तीनै जनालाई क्वारेन्टाईनमा राखियो


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७७, मंगलबार

बागलुङ, २३ बैशाख– जिल्ला बाहिरबाट आएका तीनजनालाई बागलुङ नगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर क्वारेन्टाईनमा राखेको छ । पछिल्लो समय भैरहवावाट आएका तीन जनाको स्वाव संकलन सँगै रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईन पठाईएको हो ।
लकडाउनको अवधिमा ७/८ दिन पहिले भैरहवावाट बागलुङ आएका तिन जनामा कोरोना संक्रमण हुन सक्ने आशंकामा स्वाव संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको जनस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । २ जना महिला र १ जना पुरुष भैरहवावाट आएको जानकारी प्राप्त भएपछि वडा अध्यक्ष र प्रहरीको निगरानीमा राखिएको र मंगलवार परीक्षणका लागि स्वाव निकाली गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला पठाईएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
यसैगरि काठमाण्डौवाट आएकी एक जना महिलाको पनि दुर्त परिक्षण गरिएको र रिपोर्ट भने नेगेटिभ आएको खनालले बताए । यस अघि रामरेखाको क्वारेन्टाइनमा रहेका दुई जनाको भने दुर्त परिक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताए । स्वाव परिक्षणका लागि पठाइएका ३ जनाको रिपोट बुधवार आउने खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->