सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउनमा अपराध घट्यो, आत्महत्या बढ्यो

लकडाउनमा अपराध घट्यो, आत्महत्या बढ्यो

प्रहरी भन्छ : मनोसामाजिक परामर्श आवश्यक देखियो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७७, बुधबार

बागलुङ, २४ बैशाख– चैतको १० गतेसम्म भरिभराउ जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासत बैशाखको अन्तिम साता चलिरहँदा एकाध आरोपीहरु मात्रै छन् । लागुऔषध, हातहतियार, चोरी, जर्बजस्ती करणी तथा अस्वभाविक मृत्युका घटनामा मुद्धा दर्ता गर्न भ्याईनभ्याई हुने प्रहरीलाई लकडाउनपछि कामको चाप निकै कम छ ।
अपराधका घटनामा कमी आएको भएपनि जिल्लामा आत्महत्याका घटनामा भने कमि नआएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चैत ११ पछि जिप्रकामा ११ वटामात्रै मुद्धा दर्ता भएका छन् । जसमा धेरै आत्महत्याका छन् । चैत यता ५ जनाले झुण्डिएर र १ जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रहरी निरीक्षक हेम केसीले बताए । झुण्डीएर आत्महत्या गर्ने एक युवतीले लेखेको सुसाईट नोटका आधारमा आत्महत्या दुरुत्साहनको मुद्धा चलेको छ । जसमा प्रहरी जवाननै आरोपी छन् ।
त्यसबाहेक अभद्र व्यवहार गर्ने ३, चोरीको १ र भवितव्य ज्यान मुद्धा १ वटा मात्रै दर्ता भएको प्रहरीले जनाएको छ । ‘लकडाउनको समयमा अरु मुद्धा सुन्यमा झर्दैछन् तर आत्महत्या झन् धेरै भयो’ केसीले भने ‘मनोसामाजिक परामर्श आवश्यक देखियो ।’ लकडाउनको समयमा आत्महत्या गर्नेमध्ये ढोरपाटनका २, बडिगाडका २ र निसीखोला गाउँपालिका तथा बागलुङ नगरपालिकाका १÷१ जना रहेका छन् ।
चालु आर्थिक बर्ष सुरु भएयता जिल्लामा उल्लेखित घटनाबाहेक आत्महत्याका २४ घटना भएका छन् । तीमध्ये २२ झुण्डिएर र २ विष सेवनका छन् । चालु आर्थिक बर्षमा प्रहरीले दर्ता गरेका कुनैपनि आत्महत्याका मुद्धा फर्छौट नभएको प्रहरीले जनाएको छ । गत आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्षमा आत्महत्या गर्नेको संख्या बढेको प्रहरी तथ्यांकमा उल्लेख छ । गत आबको सोही अवधिमा १९ जनाले हात्महत्या गरेका थिए । आत्माहत्या गर्नेको संख्या हरेक बर्ष बढ्दै गएको भएपनि कारण कमै खोजी हुने गरेको छ ।
प्रहरीका अनुसार, आत्महत्या गर्नेहरुमा युवा उमेर समुहका धेरै छ । ‘यो मनोबैज्ञानिक कारणले हुने हो, संसारभरीको तथ्यांक हेर्दा पनि त्यस्तै देखिन्छ’ केसीले भने ‘परामर्शले मात्रै यस्ता घटनाहरु रोक्न सकिन्छ, आत्महत्या समस्याको समाधान होईन भन्ने ज्ञान हुनु जरुरी छ ।’ जिल्लामा अपराधका घटनामा कमी आउँदा प्रहरीले कोरोनासँगको लडाईंमा भरपुर समय दिईरहेको छ । ‘मुद्धामा अल्झिने जनशक्ति लकडाउन कार्यान्वयनमा खटेको छ’ प्रनि केसी भन्छन्– ‘अपराधको क्लष्टरनै घरबन्दीजस्तै छ, त्यसैले अपराधका घटनामा कमी आएको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->