सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संसदमा ४४१ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइयो

संसदमा ४४१ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइयो


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७७, बिहिबार

काठमाडौं, २५ बैशाख – संघीय संसदमा आज ४४१ जनाको स्वाब संकलन गरिएको छ । जसमा १७९ प्रतिनिधिसभाका सांसद, ३३ राष्ट्रियसभा सदस्य तथा कर्मचारी र मर्यादापालक २२९ गरी ४४१ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से हलमा स्वाब संकलन गरिएको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए । उनका अनुसार संकलन गरिएका स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । अहिले राष्ट्रियसभामा ५८ र प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । परीक्षण गर्न छुटेका सांसद तथा कर्मचारीहरूको स्वाब भोलि बिहान ८ देखि १० बजेसम्म संकलन गर्ने सचिवालयको तयारी छ ।
भोलि (शुक्रबार) ४ बजे संसदको बजेट अधिवेशन सुरु हुँदै छ । त्यसअघि सांसदहरूको रिपोर्ट आइसक्ने र पोजिटिभ आए बैठकमा सहभागी नगराउने र नेगेटिभ आएकालाई मात्र सहभागी गराइने धमलाले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->