बागलुङ, २५ बैशाख– २५६४ औँ बुद्धजयन्तीका अवसरमा बागलुङमा पनि बिहिबार साँझ दीप प्रज्वलन गरिएको छ । सदरमुकामस्थित सरकारी कार्यालय, स्थानीय तह, गैरसरकारी संस्था, सामाजिक संस्था तथा बागलुङका सर्वसाधारणले बिहिबार साँझ ७ बजे दीप प्रज्वलन गरेका हुन् । प्रधामन्त्री केपी शर्मा ओलीले घर–घरमा दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिईरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको शिघ्र स्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । सोहीअनुसार कोरोनाबाट मुक्तिको कामना गर्दै आँफुहरुले घर–घरमा दीप प्रज्वलन गरेको बागलुङका स्थानीयले बताए । बागलुृङ नगरपालिका, जिल्ला प्रशासन कार्यालयलागयत बागलुङ बजारमा गरिएको दीप प्रज्वलनका तस्विरहरु….।














