बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सपनाको काख भरियो, जन्माइन् ३ शिशु

सपनाको काख भरियो, जन्माइन् ३ शिशु


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७७, शुक्रबार

पोखरा, २६ बैशाख – पोखराको मणिपाल अस्पतालमा एक आमाले तीनवटा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ की सपना भण्डारीले बिहीबार मणिपालमा २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । बुधबार सुत्केरी व्यथाले च्यापेपछि उनका पतिले अस्पताल पु¥याएका थिए । अस्पतालका डाक्टर महेन्द्र पाण्डे, बालकृष्ण तनोजालगायतको टोलीले गरेको शल्यक्रियापछि बालबालिकाहरु धर्तीमा ओर्लिएका हुन् । उनीरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । पहिलो सन्तान छोरी १.३ किलोग्राम,दोस्रो र तेस्रो सन्तानको १.२ किलोग्राम तौल रहेको छ । ३÷४ वटा बच्चा जन्माउनुलाई दुर्लभ घटना मानिन्छ । यसअघि गएको माघमा स्याङ्जाकी सुनिता प्रधानले ४ शिशुको जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->