सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गर्भवती र सुत्केरीका लागि पोषण कार्यक्रम

गर्भवती र सुत्केरीका लागि पोषण कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७७, शनिबार

बागलुङ, २७ बैशाख– जिल्लाको बरेङ गाँउपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषण कार्यक्रम शुरु गरेको छ । लकडाउनमा उनीहरुको पोषणमा कुनै कमी नहोस् भन्ने उद्धेश्यले पोषण कार्यक्रम शुरु गरिएको हो । ‘गर्भवती तथा सुत्केरी महिलाका लागि अत्यावश्यक पोषणको कमी नहोस् भन्दै पोषण कार्यक्रम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । पहिलो चरणमा गर्भवती तथा सुत्केरी महिलाहरुको घरदैलोमा पुगेर पोषण कोसेलीका रुपमा १ माना घिउ, आधा केजी च्याउको सुकुटी र १ क्यारेट अण्डा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->