पोखरा, २९ बैशाख – काँग्रेस निकट (नेविसंघ)ले पोखरामा अतिक्रमणको चपेटामा परेको नेपाली भुमी फिर्ता पाउनु पर्ने माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली, उनका समकक्षी नरेन्द्रमोदी सहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुत्ला जलाएको छ । भारतीय अतिक्रमणको चपेटामा लिपुलेक, कालापानी र लिम्पियाधुरा तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै नेविसंघले पुत्ला जलाएको हो ।
बेलुकी ७ बजे नेविसंघ नेता, कार्यकर्ता भेला भएर पुत्ला जलाएका हुन् । पोखरा २७ तालचोकमा नेविसंघले पुत्ला जलाएको नेविसंघका पूर्व कास्की जिल्ला सहसचिव राजिव भण्डारीले जानकारी दिए ।
पुत्ला जलाउँदै नेवि संघले भारतीय अतिक्रमणमा परेको भुमी तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै चर्को नाराबाजी पनि गरेका थिए । भारतले नक्कली नक्सा बनाएर नेपाली भूमी हुँदै तिब्बतको मानसरोबर जोड्ने बाटो बनाएपछि देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ ।





