सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्साका १४ संक्रमित ११ वैशाखमा गलकोटबाट हिँडेका थिए

पर्साका १४ संक्रमित ११ वैशाखमा गलकोटबाट हिँडेका थिए

मजदुरहरुलाई बसको व्यवस्था गरेर गलकोट नगरपालिकाले गन्तव्यतर्फ पठाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

गलकोटको हटिया बजारबाट पर्सा जानका लागि बस चढ्न लामवद्व मजदुरहरु । –फाइल तस्बिर

बागलुङ, ३० वैशाख– मंगलबार पर्सामा कोरोना पोजेटिभ देखिएकामध्ये १४ जना मजदुर बागलुङको गलकोट नगरपालिका–५ हटियाबाट फर्किएको तथ्य खुलेको छ । गलकोटमा भवन, सडक लगायतका क्षेत्रमा निर्माणको काम गर्दै आएका मजदुरहरु गत बैशाख ११ गते गलकोट हटिया बजारबाट पर्साका लागि हिँडेका थिए ।
काठमाडौ लगायत देशका ठुला शहरहरुबाट भटाभट मजदुरहरु फर्किएको खबर बोकेर कार्यपालिकाको कार्यालय आएका मजदुरहरुलाई बसको व्यवस्था गरेर गलकोट नगरपालिकाले गन्तव्यतर्फ पठाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । उनीहरु गलकोटबाट ११ गते हिँडेको भएपनि पोखरामा साँझसम्म त्यहीँ रोकिएर बिभिन्न सिमानाकाहरु पार गर्दै १३ गते मात्रै पर्सा पुगेका थिए । स्थानीय तहबीच भएको सूचना प्रदानको आधारमा पर्सा पुगेका उनीहरुलाई क्वारेन्टाईनमा राखिएको छिमरामाई गाउँपालिका पर्साका अध्यक्ष मनोज कुमार गुप्ताले ढोरपाटनलाई बताए । उनीहरुसँगै गलकोटबाट रौतहट, बारा र पर्साका ८२ जना मजदुर दुईवटा बसमा हिँडेका थिए ।

यो पनि पढ्नुस्…

गलकोटमा काम गर्ने ८५ मजदुरलाई नगरपालिकाले पठायो घर

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->