काठमाडौं, ३१ वैशाख – बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन् । उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो । आजै मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो । जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन् । यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।





