पोखरा, १ जेठ – नेत्रहीन युवासंघ नेपाल कास्की शाखका अध्यक्ष सूर्यप्रसाद भट्टराईको समन्वयमा पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिविहीनहरुलाई राहात बितरण गरिएको छ । राहत पाउने दृष्टिविहीनहरुमध्ये २ जना दोहोरी साँझमा, २ जना मसाज सेन्टरमा र बाँकीले पोखराका बजारहरुमा धुप र फलफूल बेचेर आफ्नो दैनिकी चलाउदै आएका थिए । राहत बितरण कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रबिन्दबहादुर प्रजुको उपस्थितिमा भएको थियो । लकडाउन लम्बिँदै गर्दा दृष्टिविहीनको जीवन थप कष्टकर बन्दै गएको छ ।





