शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ क्वारेन्टाइनका सवैको रिपोर्ट नेगेटीभ, संक्रमित २४९ पुगे

बागलुङ क्वारेन्टाइनका सवैको रिपोर्ट नेगेटीभ, संक्रमित २४९ पुगे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७७, बिहिबार

बागलुङ, १ जेठ – बागलुङको रामरेखा र काँठेखोला गाउँपालिकाका क्वारेन्टाइनमा रहेका सवैको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । मंगलवार र बुधवार स्वाव संकलन गरी परिक्षणका लागि पठाइएकोमा विहिवार आएको पिसिआर नतिजा अनुसार सवैको रिपोर्ट नेगेटीभ आएको हो । बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जना, काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५ जना र नेपाल आर्मिका एक जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी हरिचौरका एक वृद्धा महिलाको रिपोर्ट भने आउन बाँकी छ ।
यसैविच, नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हाे । काठमाडौं, दहचोक निवासी ७  वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।  योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.  समिरकुमार अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->