सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

पोखरा, ४ जेठ – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जारी लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमबार सकिँदै थियो । तर आइतबार बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकले जोखिमको अवस्थाबारे समीक्षा गरेको थियो । समितिले जोखिमको अवस्था झन् बढे जस्तो देखिएकाले तत्काल लकडाउन अन्त्य गर्न नसक्ने निष्कर्ष निकालेको थियो ।
पछिल्लो दुई दिनयता संक्रमणका कारण दुई जनाको मृत्यु भएको र दिनहुँ धेरै संख्यामा संक्रमित बढिरहेकाले सुरुका दिनभन्दा अहिले जोखिमको मात्र बढ्न थालेको समितिको ठहर थियो । समितिको त्यही निष्कर्षको आधारमा मन्त्रिपरिषद्को बैठकले १५ दिन लकडाउन लम्बाउने निर्णय गरेको हो । लकडाउनको अवधिमा पनि यसअघि गरेका निर्णयहरु अनुसारका कृषि, उद्योग, ढुवानी, निर्माणसँग सम्बन्धित कामहरु स्वास्थ्य सुरक्षा अपनाएर जारी रहन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->