बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रोग र भोकका कारण ज्यान नजाओस् : कास्की कांग्रेस

रोग र भोकका कारण ज्यान नजाओस् : कास्की कांग्रेस


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७७, मंगलबार

पोखरा, ६ जेठ – नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले लकडाउन लम्बिएको अवस्थामा राहत बढाउन माग गर्दै राजनैतिक पूर्वाग्रह नराखी राहत वितरण गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ । कांग्रेसले जिल्लाका विभिन्न नाकाहरुबाट शंकास्पद मानिस भित्रिरहेका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै प्रवेश नाकामा कडाई गर्न माग गरेको छ ।
सीमा क्षेत्रमा अलपत्र परेका र विभिन्न देशबाट नेपाल आउँन चाहेका नेपालीलाई उचित व्यवस्थापनका साथ घर ल्याउन, कास्कीमा उत्पादित तरकारी र दूधलाई प्राथमिकतामा राखेर बिक्री बितरणको व्यवस्था गर्न तथा कृषकका लागि बीउ र मलको तत्काल व्यवस्था गर्न पनि माग गरेको छ ।
लकडाउनका बेला पोखराको बसपार्कमा रहेको बास्तोला कम्प्लेक्स संचालनका कारण भीडभाड बढेको र शान्तिवनस्थित कृषि उपज बजारमा अन्य जिल्लाबाट तरकारी ढुवानी गर्दा अपरिचित र शंकास्पद मानिसको आवतजावत भई जोखिम बढेको गुनासो संवोधन गर्न पनि कांग्रेसले सुझाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->