सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७७, मंगलबार

काठमाडौं, ६ जेठ– सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । यसअघि प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->