`

दक्षिण कोरियामा रहेका नेपालीद्वारा गल्याङ नगरपालिकालाई सहयोग


  • ढोरपाटन संवाददाता
  • बुधबार, जेष्ठ ७, २०७७

स्याङ्जा, ७ जेठ– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग गरेका छन् । गल्याङ नगरपालिका र देशका अन्य जिल्ला कपिलवस्तु, झापा, संखुवासभा, पाँचथर र सोलुखुम्बुबाट रोजगारीको शिलशिलामा कोरिया पुगेका युवाहरुले राहत कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
कोरियामा रहेका ३८ जना युवाहरुले राहत कोषका लागि दुईदेखि पाँच हजार रुपैयाँसम्म सहयोग संकलन गरी राहत कोषमा रकम सहयोग गरेको रोजगारीको शिलशिलामा कोरियामा रहेका नारायण अर्यालले जानकारी दिए । गल्याङ नगरपालिका–११ का वडा सदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल)मार्फत संकलित रकम पठाएको अर्यालले बताए ।
कोरियाबाट युवाहरुले पठाएको रकम वडासदस्य भण्डारीले नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् । रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विदेश रहँदा पनि स्वदेशका लागि गरेको सहयोगसहि सदुपयोग गर्ने वचन दिए । ‘विदेशी भूमिमा रहेर श्रम गर्नुको पिडालाई एकातिर पन्छाएर, संकटमा सहकार्य गर्नु सह्रानिय काम हो’ अधिकारीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology