पोखरा, ७ जेठ – पोखरा महानगरपालिकाका ४ जना कर्मचारीमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आए पनि पिसिआर विधिबाट परिक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अर्का एक जनाको रिपोर्ट भने अझै शंकास्पद छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले पिसिआर विधिबाट परिक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएको बताए ।
अर्का एक जनाको पिसिआर रिपोर्ट नै शंकास्पद आएकोले पून स्वाब लिएर परिक्षण गर्नुपर्ने देखिएको निर्देशक शर्माले जानकारी दिए । उनको रिपोर्ट रिपोर्ट भोलि मात्र आउने उनले सुनाए । ‘उहाँको स्वाब लिइदै छ । पुन परिक्षण गछौं,’ उनले भने, ‘उहाँको स्वाब पुन लिनुपर्ने देखिएको छ । रिपोर्ट सकारात्मक नै आउछ । भोलिसम्म रिपोर्ट आइपुग्छ ।’