सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

नयाँ नक्साअनुसार निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७७, शुक्रबार

काठमाडौं, ९ जेठ– सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १३ गते संसद बस्नुअघिनै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची–३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।
सरकारले यही जेठ ५ गते भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । नेपालको निशान छापमा त्यो क्षेत्र समावेश गरिएको थिएन । सरकारको निर्णय अनुसार संविधान संशोधन गर्न संसदमा दुई तिहाई बहुमतको आवश्यकता पर्नेछ । करिव ७० वर्षपछि भारतद्वारा अतिक्रमित नेपाली भूमि समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सालाई भारतले भने अस्वीकार गरेको छ । गत वर्ष कार्तिक १६ गते भारतले त्यो क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि नेपालले विरोध जनाउनुको बाबजुद भारतले त्यो क्षेत्रमा एकतर्फी रुपमा सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल र भारतबीच सीमा विवाद चुलिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->