काठमाडौं, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नागरिकप्रति सरकार संवेदनशील रहेको बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसका कारण विदेशमा रहेका र अलपत्र परेका नागरिकको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारले विस्तृत आदेश तत्काल जारी गर्ने जानकारी दिए।
त्यस्तै, प्रधामनन्त्री ओलीले भारतबाट नेपाल भित्रिँदा अनिवार्य परीक्षण नगरिकाले महामारी फैलिएको बताए। भारतबाट अनेक कष्ट झेलेर स्वदेश भित्रिएको उनले बताए। विदेशबाट नेपाल आएकाहरुलाई छिटोभन्दा छिटो परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।





