स्याङ्जा, १४ जेठ– जिल्लाको चापाकोट नगरपालिका– ५ की शुक्लामाया विक मृत अवस्थाम भेटिएकी छन् । मानसिक सन्तुलन कम रहेकी ३० वर्षीया विक बुधबार (आज) बिहान घर नजिकैको कच्चि सडकमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।





