शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी

स्याङ्जाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी

स्याङजामा थप ३ जनामा कोरोना पुष्टी भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको १५ पुगेको छ ।


  • श्याम राना मगर
  • जेष्ठ १५ २०७७, बिहिबार

पोखरा, १५ जेठ – गण्डकी प्रदेशमा विहिवार थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । स्याङजाका २६ र २२ वर्षका दुई पुरुष र १ जना महिला कोरोना पुष्टि भएको डा.शर्माले जानकारी दिए । तीनै जनालाई स्याङ्जाको सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको उनले जानकारी दिए । हिजो मात्रै बागलुङमा ६ नयाँ संक्रमित भेटिएका थिए ।
यसभन्दा पूर्व मंगलवार स्याङजामा दुई जना कोरोना संक्रमण पुष्टी भएको थियो । ती दुईको स्याङजा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्याङजामा थप ३ जनामा कोरोना पुष्टी भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको १५ पुगेको छ । ती मध्ये २ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->