शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेलायतमा थप एक भूपू गोर्खाको कोरोनाबाट निधन

बेलायतमा थप एक भूपू गोर्खाको कोरोनाबाट निधन


  • कृष्णप्रसाद शर्मा
  • जेष्ठ १५ २०७७, बिहिबार

लण्डन, १५ जेठ– कोरोनाबाट बेलायतमा थप एक भूपू गोर्खाको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ बर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्यौली घर खोटाङ भई उदयपुर बसाईसराई गरेका जीतेन्द्र राई लामो समयदेखी बेलायत बस्दै आएको थिए ।
शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आईसोलेशनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि ५ हप्ताअघि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सधन उपचार कक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन । उनका तीन छोराहरू बेलायतमा र श्रीमती नेपालमै छिन् । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको संख्या ६५ पुगेको छभने स्व. राईसहित भूपू गोर्खाको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->