शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप ‍‍‍१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

थप ‍‍‍१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

काठमाडौं, १५ जेठ – बिहीबार  थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा  पीसीआर दुई हजार चजार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना  परीक्षण गरिएको छ। अहिलेसम्म कुल १८७ जनाले कोरोना जितेका छन्। जसमध्ये १४४ पुरुष र ४३ महिला छन्। प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->