सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनले गर्यो ३७ जना सहकर्मीको एक लाखको कोरोना विमा

ढोरपाटनले गर्यो ३७ जना सहकर्मीको एक लाखको कोरोना विमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

बागलुङ, १५ जेठ– गणतन्त्र दिवसको अवसर पारेर ढोरपाटन सञ्चार प्रा.लि.ले आफ्नो सञ्चार माध्यमहरु ढोरपाटन दैनिक पत्रिका र ढोरपाटन न्यूज अनलाईनमा कार्यरत ३७ जना पत्रकार र कर्मचारीको कोरोना विमा गरेको छ । कोभिड–१९ को महामारीमा काम गरिरहेका पत्रकार र कर्मचारीको जोखिम न्यूनीकरण गर्न कोरोना विमा गरिएको प्रा.लि.ले जनाएको छ । प्रा.लि.ले आफ्नै कोषबाट प्रतिब्यक्ति रु. १ लाख बराबरको कोरोना विमा गरिएको ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले बताए ।
शिखर इन्स्योरेन्स कम्पनीसंग गरिएको ३७ जनाको विमालेख कम्पनीका बागलुङ शाखा प्रमुख अन्जिला श्रेष्ठले ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई बिहिबार हस्तान्तरण गरिन । यो बिमापछि संक्रमित भएमा कम्पनीले तत्कालै रु. १ लाख रकम भुक्तानी दिने शाखा प्रमुख श्रेष्ठले बताइन । विमा अवधि एक बर्षको हुनेछ ।
सबै कर्मचारीको कोरोना विमा गर्ने कार्यक्रमअन्तर्गत गणतन्त्रको दिवसको सन्दर्भ पारेर बिहिबार ३७ जनाको विमा गरिएको र छुटेका पत्रकार र कर्मचारीको विमा अर्काे हप्ता गरिने सम्पादक गौतमले बताए । यसबाट पत्रिका र अनलाइनमा कार्यरत पत्रकार, कर्मचारी र वितरक प्रत्यक्ष रुपमा लाभन्वित हुने विश्वास प्रा.लि.ले लिएको छ ।
विपतमा परेकालाई सहयोग गर्न पत्रिकाले ‘ढोरपाटन राहत कोष’ स्थापना गरेको छ । सोही कोषबाट विपतमा परेकालाई सहयोग गर्दै आएको पत्रिकाले यसपटक भने आफ्नै सहकर्मीको कोरोना विमा गरेको कार्यकारी सम्पादक बोहराले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->