शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दुई हजार बढीमा कोरोना पुष्टि: मंगलबार मात्र २७० थपिए

दुई हजार बढीमा कोरोना पुष्टि: मंगलबार मात्र २७० थपिए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार

काठमाडौं, २० जेठ – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर पछिल्लो दिनमा बढ्दै गएको छ । पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।
मंगलबार मात्र पीसीआर विधिबाट ७५ हजार तीन सय ४३ र  आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय ४०  र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->