आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पश्चिम रुकुम घटनाको बेलायतमा बिरोध

पश्चिम रुकुम घटनाको बेलायतमा बिरोध


  • कृष्ण प्रसाद शर्मा
  • जेष्ठ २३ २०७७, शुक्रबार

लण्डन, २३ जेठ– पश्चिम रुकुमको घटनालाई लिएर बेलायतस्थित बिभिन्न संघ संस्थाहरुले घटनामा संलग्नहरुलाई कडा कारवाहीको माग गरेका छन् । बेलायतमा रहेका झण्डै एक दर्जन अधिकारबादी संस्थाहरुले बिज्ञप्ती मार्फत पश्चिम रुकुम घटनामा संलग्न दोशीहरुलाई कारवाहीको माग गरेका हुन् ।
पश्चिम रुकुममा दलित समुदायमाथि भएका हिंसात्मक घटनाको निन्दा गर्दै उनीहरुले दोशीलाई जुनकुनै हालतमा कानुनको दायरामा ल्याउनुपर्ने बिज्ञप्तीमा उल्लेख गरेका छन् । पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी विषयलाई लिएर सिंगै गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित युवालाई लखेटी लखेटी निर्मम यातना दिइ हत्या गरेको खबरले बेलायतवासी नेपाली स्तब्ध भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । “एक्काइसौं शताव्दीमा पनि यस्तो बर्बर जातीय हिंसा भड्किनुले विश्वसामु नेपाली समाज, संस्कृति र सभ्यताकै बेइज्जती भएको तर्फ ध्यान आकृष्ट गर्न चाहन्छौं । विगतका धेरै जातीय छुवाछुत र यातनाका जस्तै यो जघन्य घटनामा संलग्नहरू पनि राज्यले जोगाउँने आशंकामा देशभरिका दलित समुदाय आन्दोलित भएका छन् ।’
बिज्ञप्तीमा भनिएको छ –‘एक प्रकारले मुलुककै प्रतिष्ठासंग जोडिएको घटना हुनाले पनि यसको निस्पक्ष छानबिन र अनुसन्धान गरी यथासक्य छिटो अपराधीहरूलाई कानून बमोजिम दण्डसजाय गराउन हामी नेपाल सरकार र अन्य सम्बन्धित निकायहरूलाई विशेष माग राख्न चाहन्छौं ।’
नेपाल सरकारलाई देशको संविधान र कानुन तथा यसले अनुमोदन गरेका अन्तर्रास्ट्रिय मानवअधिकार संयन्त्र (विशेषतः ‘सवै प्रकारका जातीय भेदभाव विरुद्ध’ को अनुबन्ध) लाइ सम्मानगर्दै विभेदका कारण उच्च जोखिममा रहेका दलित समुदायको संरक्षण र विकासको निम्ति अविलम्ब विशेष पहल गर्न बिज्ञप्ती मार्फत माग गरिएको छ । दलित आत्म–रक्षा अभियान, नेपालको लागि अन्तरास्ट्रिय ऐक्यबद्धता, नेपाली वेलफेयर सोसाइटी, नेप्लिज अप्रेस्ड सोसाइटी, नेपाल पत्रकार महासंघ बेलायत, विश्वकर्मा कल्याण समाज, विश्वकर्मा हेल्पिङ ह्याण्ड वर्लडवाइड, रामेछाप समाज, बेलायत, सृजनशील नेपाली समाज, बेलायत, सयपत्री नेपाली समाज, बेलायत, संगम नेपाल समाज बेलायत लागयतका संस्थाले संयुक्त प्रेस बिज्ञप्ती निकालेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->