शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकुद मन्त्री विश्वकर्माले १७ करोड लिएको आरोप

खेलकुद मन्त्री विश्वकर्माले १७ करोड लिएको आरोप

मन्त्री भन्छन् : संसद्बाट जवाफ दिन्छु


  • विजय नेपाली
  • जेष्ठ २४ २०७७, शनिबार

पोखरा, २४ जेठ – प्रतिनिधिसभा सदस्य प्रदी यादवले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट १७ करोड रुपैयाँ लिएको आरोप लगाएका छन् ।
एन्फा केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले जेठ पहिलो साता दिएको एक अन्तर्वाताको क्रममा ग्रासरुट कार्यक्रमबारे बोल्दै तराइमा राष्ट्रियताको कमी रहको बताएपछि विवादमा तानिएका थिए । सांसद यादवले मधेसी विषयमा गलत अभिव्यक्ति दिने अध्यक्षलाई निलम्बन गरि छानबिनमा ल्याउन सभामुखमार्फत खेलकुदमन्त्री विश्वकर्मालाई आग्रह गरेका थिए ।
संसद यादवले शुक्रवार एन्फा अध्यक्ष शेर्पामाथी छानबिन हुनुपर्ने माग राख्ने क्रममा खेलकुदमन्त्रीले १७ करोड रुपैयाँ लिएको आरोप लगाएका हुन । यादवले भने,‘मलाई यहाँ सम्म पनि सुन्नमा आएको छ । एन्फाले माननीय खेलकुद मन्त्रीलाई पनि बढी माया गरेको छ । एन्फाले उहाँलाई १७ करोड रुपैयाँ दिएको छ’, संसद यादवले भने ‘त्यो पनि कसको मार्फत् सेनाको मार्फत ,सेनालाई पनि मुछ्नुभएको छ । मधेसीलाई उहाँले राष्ट्रिय सिकाउने हो ? मधेसीलाई राष्ट्रिय आउँदैन ? मधेसीलाई हेप्ने र होच्याउने काम भएको छ ।’ शेर्पाले मन्त्री विश्वकर्माकै ताकतमा त्यस्तो बोलेको आरोप समेत लगाएका थिए । शेर्पाले देश टुक्रयाउनेसम्म अभिव्यक्ति दिएको आरोप समेत लगाएका थिए । ग्रासरुट कार्यक्रमका लागि नेपाली सेनासँगको सहकार्यमा तराईका जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी) मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा उनले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुईवटा कारण रहेको बताएका थिए ।
‘एउटा तराईको बच्चाहरुलाई फुटबलप्रति आकर्षण र अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं’, भन्दै उनले आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गीत पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले काम गरेको अभिव्यक्ति दिएका थिए । शेर्पाको विवादास्पद अभिव्यक्तिको छानविन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी दिएका थिए
शेर्पाले मागे माफी
एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट पर्न गएको चोटको लागि माफी मागेका हुन । अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिएको बताउदैँ उनले आफ्नो धारणा कुनैपनि जात, धर्म, वर्गा भाषा, लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियताप्रति प्रश्न गर्ने नरहको विज्ञप्तीमा उल्लेख गरेका थिए ।
मन्त्री भन्छन् : संसद्बाट जवाफ दिन्छु
खेलकु मन्त्री विश्वकर्माले भने आफूमाथि लगाइएको आरोपको जवाफ संसद्बाट नै दिने बताएका छन् । ‘मैले आफु मातहतका सबै निकायमा सधै प्रष्ट भन्ने गरेको छु । आर्थिक पारदर्शिता पहिलो प्राथमिकतामा रहन्छ । सुशासन र आर्थिक पादर्शिताका विषयमा सुरुवातबाटै प्रष्ट छु’, मन्त्री विश्वकर्माले भने,‘मेरो मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ मैले सोमबार दिँदैछु । जवाफ दिने क्रममा सांसद यादवले म माथि लगाएको आरोपको खण्डन मात्रै गर्ने होइन उहाँलाई स्पष्ट पार्न पनि भन्नेछु । उहाँको शब्दमा जाने हो भने १७ करोड रुपैयाँ लिएको आरोप लगाउनु भएको छ । सदनमा उठेको विषयलाई सदनबाटै जवाफ दिनु उपयुक्त हुन्छ ।’ उनले सांसद यादवले एन्फाका अध्यक्ष शेर्पाका विषयमा प्रसंग उठाएको र १७ करोड रुपैयाँको बहुउद्देश्यीय ट्रेनिङ सेन्टर मेरो निर्वाचन क्षेत्रमा बनाउने एन्फा निर्णयसँग जोडेर भनेको हुनसक्ने बताउँदै मन्त्री विश्वकर्माले भने, ‘मिडियामा त्यो विषय जसरी आयो त्यसले मलाई गम्भीर बनाएको छ । म सदनमै हुँदा उहाँ जसरी उहाँको अभिव्यक्ति आयो त्यो अपुरो र आरोप लगाउने खालको छ । त्यसमा मेरो आपत्ति छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->