शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धरमपानीका २६ घरमा खानेपानीको धारा जडान

धरमपानीका २६ घरमा खानेपानीको धारा जडान


  • हिमलाल पराजुली
  • जेष्ठ २५ २०७७, आइतबार

स्याङ्जा, २५ जेठ– वालिङ नगरपालिका–१ धरमपानीका घर–घरमै खानेपानीको धारा जडान भएपछि स्थानीय दंग परेका छन् । विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका सबै घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । नगपालिकाले खानेपानीको अभाव भएका सबै वडामा घर–घरमा धारा जडान गर्ने अभियानअन्तर्गत धरमपानीका २६ घरमा पानीका धारा जडान गरिएको हो ।
वालिङ नगरपालिका र स्थानीय उपभोक्ताको श्रमदानसहित ‘बौरादी धरमपानी लिफ्टिङ खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै घर घरमा धारा जडान गरिएको वडा नं. १ का अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए । वालिङ नगरपालिकाको २७ लाख ५२ हजार ९ सय ३६ र स्थानीय उपभोक्ताबाट ६ लाख ५ हजार ६ सय ४६ गरी कूल ३३ लाख ५८ हजार ५ सय ८२ को लागतमा उक्त आयोजना सम्पन्न भएको वडाध्यक्ष काफ्लेले जानकारी दिए । ‘वडाभित्र खानेपानीको सहज आपूर्तिका लागि नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागतमा आधादर्जन बढी खानेपानीका योजनाहरु सञ्चालनमा रहेका छन्’ वडाध्यक्ष काफ्लेले भने, ‘साना, मझौला तथा बृहत योजनामध्ये केही सम्पन्न भईसकेका छन्भने निर्माणको चरणमा रहेका योजना पनि छिट्टै सम्पन्न हुन्छन् ।’
पानीका लागि बस्तीभन्दा तल रहेको कुवा, ईनारमा जानुपर्ने बाध्यताको अन्त्य भई प्रत्येक घर घरमा धारा आउँदा स्थानीय हर्षित भएका छन् । ‘घर–घरमै धारा जडान भएपछि दैकिनीमा सहज हुनुका साथै समयको पनि वचत भएको उपभोक्ता समितिकी सचिव मीरा काफ्लेले बताइन् । बस्तीभन्दा झण्डै ५ सय मिटर तल रहेको मूलबाट पानी तानेर बस्तीमाथि रहेको ट्याङ्कीमा संकलन गरि बितरण गरिएको काफ्लेको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->