शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङ नगरपालिकाद्वारा समाचारप्रति ध्यानाकर्षण

गल्याङ नगरपालिकाद्वारा समाचारप्रति ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७७, सोमबार

स्याङ्जा, २६ जेठ– गल्याङ नगरपालिकाले बिभिन्न अनलाइनमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै गम्भिर आपति प्रकट गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखामा संयोजकको रुपमा कार्यरत कर्मचारी लिलाबल्लौ भण्डारी आइतबार गल्याङ नगरपालिका–२ बटुवामा मृत भेटिएको विषयमा गल्याङ नगरपालिका र नगरप्रमुख भुपराज अधिकारीलाई जोडेर केही अनलाइनमा आएका भ्रमक समाचारप्रति ध्यानाकर्षण भएकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डेद्वारा जारी एक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य शाखाको संयोजकको रुपमा रहेर काम गर्दै आउनु भएका भण्डारी मृत अवस्थामा भेटिएको घटनाले नगरपालिका स्तब्ध भएका छौं ।’
नगरपालिकामा भण्डारीले राजिनामा पत्र लिएर आएको र नगरपालिकाले स्वीकृत नगरेको भन्ने कुरा निराधार भएको र आफु आश्चर्यचकित परेको बताउँदै स्वास्थ्य सेवाका कर्मचारीको राजिनामा स्वास्थ्य सेवा विभागबाट मात्रै स्वीकृत हुने व्यवस्था भएकोले मनगडन्ते तथा गलत प्रचारप्रसार गर्नु आपत्तिजनक भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वास्थ्य शाखा संयोजक भण्डारी आइतबार दिउँसो गल्याङ–२ बटुवामा आफ्नो घरदेखि करिब ५ मिटरको दुरीमा झुण्डीएको अवस्थामा भेटिएका थिए । मृत्युको विषयलाई लिएर केही अनलाइन मिडियामा नगरपालिका र नगरप्रमुखको दबावका कारण घटना घटेको भन्दै समाचार प्रकाशन गरेपछि नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->