शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटन विकासको योजना बनाउदै भीरकोट नगरपालिका

पर्यटन विकासको योजना बनाउदै भीरकोट नगरपालिका


  • हिमलाल पराजुली
  • जेष्ठ २७ २०७७, मंगलबार

स्याङ्जा, २७ जेठ– भीरकोट नगरपालिका पर्वतीय पर्यटन विकासको योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यामबाट नगरको विकासका साथै नगरबासीलाई रोजगारीसमेत दिने भन्दै नगरपालिका पर्वतीय पर्यटन विकासको योजना निर्माणमा जुटेको हो ।
नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं बिभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर विकासको लागि बृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख छाँयाराम खनालले बताए । ‘अहिले हामी नगरभित्र सम्भावना भएका पर्यटकीय एवं धार्मिक क्षेत्रहरुको संरक्षण गर्दै बृहत्तर विकासका लागि योजना बनाइरहेका छौ, जसलाई अन्तिम रुप दिइसकेपछि केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा काम अघि बढ्छ’ नगरप्रमुख खनालले भने ।
प्रकृतिले उपहारस्वरुप दिएको भू–बनोटलाई आवश्यकताअनुसार सदुपयोग गर्न सके यसबाट फाइदा लिन सकिने भन्दै अहिले नगरपालिकाले त्यहीं अवधारणअनुसार काम गरिरहेको खनालको भनाई छ । प्याराग्लाईडिङ्को लागि निकै उपयुक्त ठाउँको रुपमा रहेको भीरकोट नगरपालिका ५ मा पर्ने स्वरेक मैदानसंगै अन्य ठाउँमा समेत भौतिक निर्माणका कामहरु भइरहेका छन् । अन्तराष्टिय प्याराग्लाईडिङ् प्रतियोगितासमेत सम्पन्न भैसकेको स्वरेक मैदान जाने सडकका साथै पर्यटकहरुको बसाइका लागि आवश्क पर्ने अन्य भौतिक निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।
गुरुयोजनाभित्र भीरकोट नगरपालिका–५, ८ र ९ को समिपमा रहेको चितपानी फलातेमा ताल निर्माणदेखि स्वरेक मैदानहुँदै गडहरे गुफा र ओखतीपानी होमस्टेलाई साइकल मार्गले जोड्ने योजना समेत रहेको छ । विष्णु भगवानको मुर्ति निर्माण गर्नुका साथै स्वरेक मैदानमा रहेको सल्लाघारीमा मिनी चिडियाखाना निर्माण गरिने गुरुयोजनामा समावेश गरिएको छ । बृहतर पर्वतिय पर्यटन विकास गुरुयोजनालाई अन्तिम रुप दिनु पुर्व त्यस ठाउँको स्थलगत अवलोकनसमेत गरिएको ५ नम्बर वडाका अध्यक्ष याम प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->