सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कर्णालीमा टिपर खस्यो, ३० भन्दा धेरै बेपत्ता

कर्णालीमा टिपर खस्यो, ३० भन्दा धेरै बेपत्ता

करिव ५० यात्रु सवार रहेको, तीन जनाको शव फेला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७७, बुधबार

काठमाडौं, २८ जेठ– कालिकोटमा टिपर दुर्घटना भएको छ । बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो । भारत र रामेछापबाट आएका करिब ५० जना मजदुर बोकेर लालिघाटबाट रास्कोट क्‍वारेन्टाइनतर्फ जाँदै गरेको टिपर कालिकोटमा कर्णाली नदिमा खसेर दुर्घटनाग्रस्त भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ । अझै अधिकांश बेपत्ता छन्। प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ । मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । टिपरमा सवार अधिकांश यात्रु हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->