सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विरोधका कार्यक्रम रोक्न सीडीओलाई गृहको विशेष निर्देशन

विरोधका कार्यक्रम रोक्न सीडीओलाई गृहको विशेष निर्देशन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७७, बिहिबार
????????????????????????????????????

काठमाडौं, २९ जेठ – गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
पछिल्लो ३ दिनयता राजधानीसहित मुलुकका प्रमुख सहरहरुमा सरकारविरोधी आन्दोलन भइरहेका छन् । बिहीबारमात्रै कोभिड–१९ रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटार घेराउ गर्न पुगेको ठूलो भीडलाई अश्रुग्यास र पानीका फोहोरा हानेर नियन्त्रणमा लिइएको थियो । मंगलबार पनि प्रधानमन्त्री निवास घेराउ गर्न पुगेको स्वत:स्फूर्त भीडलाई खुर्सानीटार क्षेत्रमा पानीको फोहोरा हानेर तितरबितर पारिएको थियो ।
गृहका सहप्रवक्ता अधिकारीले कानुन उल्लंघन गर्ने, जोखिम बढाउने र सामाजिक सञ्जालमार्फत मानिसलाई भड्काउन संगठित हुने गतिविधि कसैलाई पनि गर्न नदिने र यसका लागि प्रभावकारी कदम चाल्न प्रशासन र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->