शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि

पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७७, शनिबार

पोखरा, ३१ जेठ – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान सार्वजनिक गरेको सूचना अनुसार पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।
पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ । कुश्मा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका चारै जनालाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी, नवलपुरको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । मध्यविन्दु नगरपालिकाको क्वारेन्टिनमा रहँदै आएका उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->