बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका थप एक जनामा डेंगु

म्याग्दीका थप एक जनामा डेंगु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७७, शनिबार

म्याग्दी, ३१ जेठ– म्याग्दीमा शुक्रबार थप एक जनामा डेंगु संक्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मंगला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षिय पुरुषलाई डेंगु पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।
बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेंगु फैलाउने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाई छ । यससँगै म्याग्दीमा डेंगु संक्रमितको संख्या १४ पुगेको छ । बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेंगु देखिएको थियो । वैशाख ९ गते पहिलो डेंगु संक्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो ।
गत वर्ष म्याग्दीका १२ जनामा डेंगु र एक जनामा स्क्रब टाइफस देखिएको थियो । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । डेंगु एक बिरामीबाट अर्को बिरामीमा सजिलै फैलिने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->