स्याङ्जा, ३१ जेठ – स्याङ्जामा जीप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । भीरकोट नगरपालिका– ५ मा शनिवार भएको जीप दुर्घटनामा परी सोही ठाउँकी १५ वर्षीय दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार दिउसो तिलाहार नेटा स्थित कच्चि सडक खण्ड पकानफाँटबाट नेटा तर्फ जाँदै गरेको ग२च २३७३ नम्बरको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर घाइते भएकी दुर्गा अर्यालको कालिका सामुदायीक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कँडेलले जानकारी दिए । दुर्घटनामापरी चालक सहित अन्य ७ जना घाईते भएका छन् ।
दुर्घटनामा भीरकोट–५ की ३७ वर्षीय शान्ती अर्याल, ३६ वर्षीय गिता अर्याल, २७ वर्षीय पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भिम कुमारी अर्याल र २४ की सुस्मा अर्याल घाईते भएका हुन् । घाईतेहरुलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ ।





