सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

बुच्चे होइन, चुच्चे नक्सा अब नेपालको संविधानमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७७, शनिबार

काठमाडौं, ३१ जेठ – लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।  शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । योसँगै अब नेपालको संविधानमा बुच्चे होइन चुच्चे नक्सा समेटिने भएको छ  । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->