शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नक्सा र निसानछाप अध्यावधिक हुँदा दिपावली

नक्सा र निसानछाप अध्यावधिक हुँदा दिपावली

बागलुङ, स्याङ्जा लगायतका मुकामहरुमा दिपावली गर्दै बाँडियो खुसी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७७, शनिबार

बागलुङ, ३१ जेठ–नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्सा र निशान छापको अध्यावधिकको लागि शनिवार संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको खुसियालीमा बागलुङ, स्याङ्जा लगायत गण्डकी प्रदेशका बिभिन्न जिल्ला सदरमुकामहरुमा दिपावली गरिएको छ ।
बागलुङमा बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला स्थित सबै राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैह्रसरकारी कार्यालय र बिभिन्न संघसंस्था तथा सरोकारवालाले दिपावली गरेका हुन् ।
नेपालको संविधानको दोस्रो संसोधन २०७७ प्रतिनिधि सभाबाट शनिवार पारित भएको खुसियालीमा स्याङ्जा जिल्ला सदरमुकाम स्थित शहिद चोक र बागलुङको लोकतान्त्रीक चोकमा दिपावली गरिएको हो ।
यसैगरि वालिङ उद्योग वाणिज्य संघले पनि दिपावली गरेको छ । जिल्लाका सर्वसाधारण एवं बिभिन्न संघ संस्थाले समेत आज प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा नेपालको संविधानको दोस्रो संसोधन पारित भएर भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्साका साथै निशान छाँप संविधानमा समेटनको लागि गरिएको संविधान संसोधनको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको खुसियालीमा जिल्लामा दिपावली गरेका हुन् ।
भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकारले ऐतिहासिक काम गरेको बताउदै शनिवार प्रतिनिधि सभामा नेपालका राजनीतिक दलहरुले राष्ट्रियताको पक्षमा देखाएको अभुतपुर्व एकताले विश्व सामु एक प्रकारको सन्देश दिएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->