मुम्बई, ३२ जेठ – भारतका चर्चित बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । उनले आफ्नो मुम्कईको बान्द्रस्थिच आफ्नै घरमा पासो लगाएर आइतबार आत्महत्या गरेका हुन् ।
राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए । भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए ।
३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग ’केदारनाथ’ र श्रद्धा कपुरसँग ’छिछोरे’ फिल्ममा अभिनय गरेका थिए ।
राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे । उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । (एजेन्सी)





