सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

छात्रवृत्तिमा छनौट भएकालाई उच्च शिक्षामा अनुदान, सामाजिक सुरक्षा कोष स्थापनाको लागि ५ करोड बजेट

छात्रवृत्तिमा छनौट भएकालाई उच्च शिक्षामा अनुदान, सामाजिक सुरक्षा कोष स्थापनाको लागि ५ करोड बजेट


  • ढोरपाटन संवाददाता
  • असार १ २०७७, सोमबार

बागलुङ, १ असार– गण्डकी सरकारले छात्रवृत्तिमा छनौट भएका उच्च शिक्षा अध्ययनरत दलित/अल्पसंख्यकलाई दिइने अनुदानलाई निरन्तरता दिने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा कोष स्थापनाको लागि ५ करोड विनियोजन गरिएको छ । यस्तै, गण्डकी प्रज्ञा प्रतिष्ठान, बहुसांस्कृतिक ग्राम कार्यक्रम निरन्तरता, हिंसा पीडित, एकल, सीमान्तकृत महिला, अपाङ्गको लागि पुनस्र्थापना र स्वरोजगार र भगत सर्वजीत कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान, बहुसांस्कृतिक ग्राम कार्यक्रम निरन्तरता दिने बजेटमा उल्लेख छ । हिंसा पीडित, एकल, सीमान्तकृत महिलाको लागि बजेटले सम्बोधन गरेको छ । अपाङ्गको लागि पुनस्र्थापना र स्वरोजगार भगत सर्वजीत कार्यक्रमको लागि बजेट बिनियोजन गरेको अर्थमन्त्री किरण गुरुङले संसदलाई जानकारी गराएका छन् । स्याउ खेति कार्यक्रम निरन्तरता, बाली र पशु बीमा निरन्तर, उन्नत बीउको लागि २ करोड २ लाख बजेटमा समाबेश भएका छन् । त्यस्तै चक्लाबन्दी र व्यावसायिक खेतीलाई समेत बजेटले सम्बोधन गरेको छ । जलवायु मैत्री नमूना कृषि गाउँलाई ४ करोड २६ लाख र कृषि उत्पादन संकलन केन्द्र, चिस्यान केन्द्रको लागि ५ करोड बजेट बिनियोजन भएको छ । कालो सुँगर र जेठोबुढो धान प्रवद्र्धन गरिने, लिमे पाराकोटे भैंसीको संरक्षण कार्यक्रम समेत बजेटमा समाबेश भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->