शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङ नगरपालिकाले बनायो ५० शैयाको आइसोलेसन वार्ड

गल्याङ नगरपालिकाले बनायो ५० शैयाको आइसोलेसन वार्ड


  • हिमलाल पराजुली
  • असार २ २०७७, मंगलबार

स्याङ्जा, २ असार– गल्याङ नगरपालिकाले ५० शैयाको आइसोलेसन वार्ड बनाएको छ । गल्याङ नगरपालिका–३ स्थित बल्पुकमा रहेको नगर अस्पताललाई नगरपालिकाले कोरोनाबाट संक्रमित भएकाहरुलाई उपचारकालागि ५० शैयाको आइसोलेसन बेड तयार गरेको नगरपालिकाले जनाएको छ ।
गण्डकी प्रदेश सरकार र गल्याङ नगरपालिकाको समन्वयमा नगर अस्पताललाई कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन बेयाड सहित तयार पारिएको नगपालिकाका प्रमुख भुपराज अधिकारीले बताए । नगरप्रमुख अधिकारीले भने–“कोरोना संक्रमितको संखया बढ्दै जादा जिल्लामा संक्रमितलाई राख्न समस्या आउन सक्ने भएकोले नगर अस्पताललाई आइसोलेसन बेड सहित तयारी अवस्थामा राखेकाछौ ।”
नगरभित्रै आइसोलेसन वार्ड तयार पारिएपछि कोरोना संक्रमण देखिएका नागरिकहरुलाई त्यही राखेर उपचार गरिने भएकोले सहज हुने भएको छ । अहिले जिल्लामा जिल्ला अस्पताल स्याङ्जामा १० बेड र कालिका सामुदायीक अस्पताल हेलुमा ६० बेडको आइसोलेसन क्षमता रहेको छ । गल्याङमा रहेको नगर अस्पताललाई नगरपालिकाले आइसोलेसन अस्पताल बनाए संगै उपचारमा सहज हुने भएको छ । भारतबाट आएका २ सय १ जनालाई नगरपालिकाले क्वारेन्टिनमा राखेको छभने कोरोना संक्रमण देखिएका १८ जनालाई हेलुमा रहेको कालिका सामुदायीक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
नगर प्रमुख अधिकारीले कोरोना संक्रमणको पुष्टि भएकाहरुको स्वास्थ्योपचारको लागि आइसोलेसनमा दक्ष चिकित्सक, अहेब, नर्स लगायतको टोली तयारी अवस्थामा रहेको बताउदै संक्रमितहरुको उपचारमा खटिएका स्वाथ्य कर्मीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने समेत जानकारी दिए । संक्रमितको संख्या ५० जना भन्दा माथि भएमा नगरपालिकाले १ नम्बर वडामा रहेको मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र तथा वडा नं. ८ र ११ मा रहेका स्वास्थ्य चौकीमा पनि आइसोलेशन निर्माण गर्ने तयारी भएको नगरप्रमुख अधिकारीको भनाइ छ ।
गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको रु १० लाख रुपैयाँले निर्माण सुरु गरिएको आइसोलेसनको अपुग खर्च गल्याङ नगरपालिका र प्रदेश सरकारले संयुक्त रुपमा व्यहोर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए । आइसोलेशनमा राखिएका नागरिकहरुमा कोरोनाको थप लक्षण देखिए पोखरा पठाउने व्यवस्था गरिएको पनि प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->