शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनाङमा पहिलो संक्रमित भेटिए, गण्डकीमा थप ४२ जनामा संक्रमण

मनाङमा पहिलो संक्रमित भेटिए, गण्डकीमा थप ४२ जनामा संक्रमण


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७७, बिहिबार

पोखरा, ४ असार– गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले विहिवार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो। जस अनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको छ । आज भेटिएकामा नवलपुरका १८ जना रहेका छन् । त्यस्तै तनहुँका १२ जना र गोरखाका ११ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->